
कांग्रेस नेतृत्वमा पुग्ने विमलेन्द्र निधिको अभियानमा डडेल्धुराका पार्टी सभापति कर्ण मल्ल पनि जोडिएका छन्। प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकै गृहजिल्लाका सभापति मल्लले आगामी महाधिवेशनमा निधिलाई नेतृत्वमा पुगाउन अभियान थालेका हुन्। निधिको सचिवालय र सम्पर्क कार्यालय उद्घाटनमा मल्ल खुलेर लागेका छन्।

सभापतिमा देउवाले पनि फेरि उमेदवारी दिने बताउँदै आएका छन्। तर मल्लले भने महाधिवेशनको अन्तिम उमेदवारी सार्वजनिक हुँदासम्म देउवाले नै निधिलाई सभापतिमा प्रस्ताव गर्नेमा विश्वस्त रहेको बताएका छन्।
कांग्रेस सभापति देउवाको स्वकीय सचिवको भूमिका पनि निर्वाह गरिसकेका मल्ल पछिल्लो समय भने देउवा परिवारभित्रबाट बढी प्रभावित भएको र कार्यकर्तालाई न्याय नगरेको भन्दै असन्तुष्टि पोख्दै आएका छन्।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/05, 4:03
2022/01/19, 4:36
2023/03/01, 10:23
2020/09/26, 4:27