
डोटीमा कोरोना खोप लगाएको अढाइ घण्टा पछि ६० वर्षीय वृद्धकाे मृत्यु भएको छ । शिखर नगरपालिका वडा नम्बर २ का लाल बहादुर बोगटीको मृत्यु भएको वडाध्यक्ष ऋषिराज जोशीले बताए ।

२६ दिन अघि भेरोसीलकाे पहिलो खोप लागेका बोगटीको सोमबार दोस्रो डोज खोप लगाएको अढाइ घण्टा पछि मृत्यु भएको हो । स्थानीय राम बहादुर कार्कीका अनुसार मुडेगाउँ खोप केन्द्रमा बिहान साढे आठ बजे खोप लगाएर आफ्नो घर फर्किएर निदाएका उनी बिहान ११ बजे मृत अवस्थामा भेटिएका हुन् ।
शिखर नगरपालिकाका स्वास्थ्य प्रमुख हरिस शाहले बोगटीको मृत्यु खोपको कारण नभएको बताए । दुई डोज खोप भएको सिसिबाट एक डोज बोगटी र दोस्रो डोज अर्को व्यक्तिलाई लगाएको र अर्को व्यक्तिमा कुनै समस्या नदेखिएका कारण खोपको कारण मृत्यु भएको भन्न नसकिने उनको भनाइ छ ।

2025/05/25, 1:17
2025/05/25, 1:10
2025/05/25, 1:08
2025/05/25, 1:07
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/28, 5:25
2021/08/06, 9:24
2022/05/10, 5:49
2023/01/19, 6:42