चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुग्राका एक सुत्केरी महिलाको मृत्यु भएको छ। चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुग्राका २६ वर्षिया जनक विकको उपचारका क्रममा कोहलपुरमा मृत्यु मृत्यका भतिजा पूर्ण विश्वकर्माले जानकारी दिए।
विकलाई भाद्र ६ गते नेपाली सेनाको हेलिकप्टरबाट र लिगएको थियो। बयालपाटा अस्पतालमा विकलाई शल्यक्रियाबाट सुत्केरी गराइएको थियो। स्वास्थ्यमा थप समस्या आएपछि उनलाई पून शल्यक्रियाको लागि नेपाली सेनाको हेलिकप्टर मार्फत कोहलपुर लगिएको थियो।
जन्मिएको शिशुको भाद्र ६ गते वयलपाटा अस्पतालमा मृत्यु भईसकेको थियो। मृत्य विकका एक छोरा र छोरी रहेका छन् ।
2024/11/29, 6:23
2024/11/29, 5:07
2024/11/29, 5:04
2024/11/29, 4:55
2024/11/29, 5:07
2024/11/29, 5:04
2024/11/29, 4:55
2020/10/09, 2:24
2022/03/05, 7:40
2022/09/10, 7:13