पहिरो विस्थापित चुरेका ३० घरधुरी सडकमा
2021/09/01, 10:24
 
aa

कैलालीको चुरे गाउँपालिका वडा नम्बर ५ मा दुई दर्जन भन्दा बढी घरहरु विस्थपित भएका छन।वडा नम्वर ५ स्थित कफल गैंरा, गोपाले,मालचुरे, भुल्केपानी र निङलाडी लगाएतका ठाउँमा पहिरोले ३० घरधुरी सहित सयौं मनिसहरु विस्थपित भएका हुन।

आईतवार राती एक्कासी आएको पहिरोले खेतबारी, गाई गोरु संगै अन्नपात लगेपछि विस्थपित परिवारहरु भिमदत्त राजमार्गको छेउछाउमा बस्नबाध्य भएका छन्। बालबालिका सहित सडकमा बासबस्न पुगेका परिवारले आफुहरुलाई लाउन खाना समेत केही नभएको गुनासो पोखेका छन। आफुहरुलाई वडा कार्यालयले तिरपाल मात्र दिएको बताउदै पहिरो पिडित काफल गैंराका भिम बहादुर तमाङले गाउँपालिका कुनै पनि जनप्रतिनिधी अहिले सम्म अवस्था बुझन समेत नआएको बताए।

उनीसंगै सडकको छेउमा तिरपालको टहरा बनाउन लगेका कमल बहादुर लमाले पहिरोका कारण भएको छतिपुर्तीको बारेमा सुनादै स्थिनिय वा नेपाल सरकारले आफुहरुलाई उक्त ठाउँबाट अन्तै बसाईसराईको व्यवस्था गराई दिनु अग्रह गरे। उनले यो समस्या आजको नभएर बषैं देखिको भएको बताउदै हरेका वर्ष थोरै वर्षा भए पनि पहिरो आउने डरले आफुसंगै परिवारका कोही पनि नसुतेरै रात विताउनु परेको बताए।

गत वर्ष आएको पहिरोको कारण विस्थपित परिवारको आवस्था जस्ताको त्यस्तै देखिन्छ। राहतका नाउँमा विभिन्न संस्था देखि स्थिनिय वा प्रदेश सरकारले केहि राहत दिएर औपचारिकता निभाउने बहेका दिर्घकालिन समाधानको केही उपाय पनि गरेको देखिदैन।

पहिरो बाट विस्थपित परिवारले वडा कार्यालय, इलाका वा प्रहरी चौकी निवेदन दिनु, मजुल्का उठाउनु र डाटा दिने कामलाई यस पटक पनि निरन्तरता दिन सुरु गरेका छन। यो मिहनेत पनि केहि राहत मै सिमित हुने पहिरो पिडित गोपाने टोलका डम्मर थापाले बताए।युवा आवस्थामा रहेका थापाले आफुले बच्च देखि नैे पहिरोको पिडा बेहोरेको भन्दै पहिरो पिडितहरुको प्रमुख समाधान पहिरो नजाने ठाउँमा बस्ती स्थिपित गराउ रहेको बताए।

पहिरो पीडितलाई कांग्रेसद्धारा राहत वितरण

पहिरोमा विस्थापित परिवारलाई नेपाली कांग्रेस क्षेत्र ४ कैलालीले राहत वितरण गरेको छ।चुरे गाउँपालिका वडा नं ५ कफल गैंरा, गोपाले,मालचुरे, भुल्केपानी र निङलाडी लगाएतका ठाउँमा गएको पहिरोका कारण विस्थापित परिवारलाई चाउचाउ र चिउरा राहत स्वरुप वितरण गरेको कंग्रेसले जनाएको छ। पहिरोले ३० घरधुरी सहित सयौं मनिसहरु विस्थपित भएका छन।

नेपाली कांग्रेस क्षेत्र नं ४ का साभपति दिनेश राज जोशीले पहिरोका कारण विस्थापित परिवारलाई सरकारले उचित क्षतीपुर्तीका साथै तत्काल बसोबासको व्यवस्था मिलाउनुपर्ने बताएका छन।