महिला हिंसा विरुद्धको अभियान 'प्रहार' को आयोजनामा सात दिने आत्मरक्षा प्रशिक्षक प्रशिक्षण तालिम धनगढीमा सुरु भएको छ । तालिमको एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडाल जोशीले उद्घाटन गरिन् ।
महिला हिसांजन्य घटना न्यनिकरणका लागि प्रहारले विभिन्न ठाउँमा तालिम दिदैं आएको छ । सोही अनुसार मंगलबारबाट सुदूरपशिचम प्रदेशका २१ वटा स्थानीय तहका ४५ जना महिला तथा पुरुष प्रशिक्षकहरुको सहभागिता रहेको महिला हिसां विरुद्धको अभियान प्रहार का संस्थापक प्रकाश चन्दले जानकारी दिए ।तालिमको मुख्य सहयोगीका रुपमा प्रदेश युवा परिषद्, सुदूरपश्चिम प्रदेश, भेन्यु पार्टनर कैलाली उद्योग वाणिज्य संघ, प्राविधिक सहयोग राष्ट्रिय गोजुरियो कराँते–दो संघ नेपालको रहेको छ । तालिम एक हप्तासम्म सञ्चालन हुने 'प्रहार' संस्थाका संस्थापक चन्दले बताए ।
कार्यक्रमका विशिष्ट अतिथि सुदुरपशिम प्रदेश खेलकुद परिषदका सदस्य तथा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलाली कि अध्यक्ष दुर्गा भण्डारी, सुदुरपशिम प्रदेश खेलकुद परिषदका सदस्य बहादुर सिंह ओड र राष्ट्रिय गोजुरियो कराते दो संघ सुदुरपशिम प्रदेशका सचिब राजेन्द्रबहादुर बम रहेका थिए ।
2024/11/29, 6:23
2024/11/29, 5:07
2024/11/29, 5:04
2024/11/29, 4:55
2024/11/29, 5:07
2024/11/29, 5:04
2024/11/29, 4:55
2020/10/09, 2:24
2022/03/05, 7:40
2022/09/10, 7:13