दार्चुलाका बाढीपहिरो पिडितः  राती त्रिपालमा दिउँसो घरमा बास
2021/09/01, 10:59
 
dd

महाकाली नगरपालिकाका १ का ८३ वर्षीय शेरबहादुर बम लामो समयदेखि विरामी छन् । ब्लड प्रेसरका विरामी वम दुई दिनदेखि झन थलिएका छन् । छोराहरुले कमाएको सम्पत्ति आइतबार राती आएको निजाङखोलाको बाढिले बगाएपछि उनी थला परेका हुन् ।  

पहिलेदेखि अरुले नै बोकेर यताउता गर्दै बसेका बम अहिले छोरा नातीहरुले राती बोकेर सडक छेउमा गाडिएको त्रिपालमा पुर्याउँछन् । बिहान घरमा लगेर उपचार गराउँछन् । होटल पसल, भैसी भेडाबाख्रा सबै बगेको थाहाँ पाए पछि उनी बेला बेलामा घोब्राउने गर्छन् । मान्छे देख्यो कि रुने गर्छन् । नदी किनार हेर्दै रुने गरेको उहाँका छोरा देवबहादुर वमले बताउनुभयो । उहाँले भन्नुभयो बुवालाई ड्रिप्रेशन हुने खतरा बढेको छ ।

बुवा मात्र हैन् शोभा देवी बमले पनि बाढिले धनसम्पत्ति बगाए यता खाना खाएका छैनन् । आँखा भरी आशु टुलटुलाउँदै बसेका छन् । देबहादुर भन्छन्, हामीले सान्तवाना दिइरहेका छौ तर उनीहरु न खान मान्छन्, न राम्रोसँग बोल्छन् नै । 

घरमै पुगेर शेरबहादुर वमको उपचार गराउँदै एक जना स्वास्थ्यकर्मी । लामो समयदेखि विरामी रहँदै आउनुभएका वम बाढिले घर सम्पत्ति बगाएपछि झन बढि विरामी परेका छन् ।

घरमै पुगेर शेरबहादुर वमको उपचार गराउँदै एक जना स्वास्थ्यकर्मी । लामो समयदेखि विरामी रहँदै आउनुभएका वम बाढिले घर सम्पत्ति बगाएपछि झन बढि विरामी परेका छन् । 


दुवैको अवस्था नाजुक भए पछि घरमै स्वास्थ्यकर्मी बोलाएर दुवै जनाको औषधी उपचार गराए । महाकाली नगरपालिका १ श्रीवगडमा देवबहादुर बमको ०६५ सालदेखि होटल थियो । दुहुँ र व्यासका नागरिक आवतजावत गर्दा उहाँकै होटलमा खाजा नास्ता खाएर जान्थे । होटल राम्रो चलेको थियो । लाखौंको सम्पत्ति थियो । तर खोलामा एक्कासी बाढि आएर पूरै सखाप पारे पछि कसको के नै लाग्छर । हामी बचेका छौं बाचे भने सम्पत्ति त कमाईहालौला सोचर मन शान्त बनाएका छौ, उनले भने।

घरतलबाट महाकाली नदीले जमान कटान गरिरहेको छ, घरको दायाँबाट नजाङगाड खोलाले काटिरहेको छ । दुवैतर्फ पक्की तडबन्धको आवश्यकत्ता छ बमले भन्नुभयो, पक्की तडबन्ध नभए पुर्नस्थापनाको विकल्प छैन् । तीन दिन भइसक्यो, राती सुत्न पाएका छैनौ । घरपरिवार बोकेर सडक छेउ र जंगलको बास छ । दिँउँसो खाना पकाउन घर आउँछौ । 
दुवैतर्फ जमिन कटान भइरहेकोले श्रीवगडमा रहेका चालिस परिवारले राम्रो सुत्न पाएका छैनन् । स्थानीय मोहन बमले भने , रातभर गाउँका ८।१० जना युवाले नदी कत्रो आउँछ भनेर ड्युटी गर्नुपरेको छ । घरमा बालबालिका, श्रीमति, आमा बुवा हुन्छन्, कुन बेला नदी आउँछ गाउँ लिन्छ भन्ने चिन्ताले रातको ड्युटी गर्नुपरेको हो । 

०७० सालमा महाकालीमा आएको बाढिबाट श्रीवगडमा जमिन कटान सुरु भएको थियो । त्यो बेला श्रीवगड क्षेत्रको दर्जनौ पसल, ब्रतबन्ध हुने शिव मन्दिर, तातोपानी कुण्ड लगायतका स्थलहरु बगाएको थियो । हामीले सदरमुकाम खलंगाको जस्तै पक्की तडबन्ध श्रीवगडमा समेत बनाउन पटक पटक आग्रह गर्दा सुनवाई भएन, उनले भने  हाम्रो आग्रहलाई वेवास्ता गरिदिदा अहिले श्रीवगडबासीले दोहोर नदीको मार खेप्नुपरेको छ ।

दुई महिना अघि पनि नजाङगाड हुँदै महाकाली नगरपालिकाले निर्माण गरेको सडक तल तारजाली लगाउन माग गर्यौं कसैले सुनिदिएन् । सडक निर्माणपछि झन खोला गाउँतिर पस्ने खतरा बढेको थियो ।  श्रीवगडको तल्लो महाकाली तटीय क्षेत्रमा तडबन्धको काम चाडो बनाउन पटक पटक महाकाली नदी नियन्त्रण आयोजना, जिल्ला प्रशासनलाई पत्र दियौं, घचघच्यायौं तर कसैले नसुन्दा अहिले दिनप्रतिदिन कटान बढ्दै छ । समयमै तडबन्ध व्यवस्थापन हुन नसके श्रीवगडबस्ती पूरै बाढिको जोखिममा रहनेछ । 

ठेक्का भएको दुई वर्ष बढि भयो भन्ने सुन्यौं, ०७० को बाढिपछि लगाइएका तारजाली नयाँ ठेक्का लागेपछि काम सुचारु गर्ने भन्दै खोलियो । अहिले तारजाली खोलेकै ठाउँबाट बाढि माथिपस्यो । दुहुँ ३ को श्रीवगड तातोपानी जोड्ने झोलुंगे पूल, मोटरेवल पूल सबै बगायो बमले भने ।