
कञ्चनपुरमा मोटरसाईकल दुर्घटना हुँदा बालिकाको मृत्यु छ भने बुबा गम्भीर घाईते भएका छन् । कृष्णपुर नगरपालिका वडा नम्बर ४ मा से ६ प ३३८९ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा दुई वर्षीया जेनिसा खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले दुर्घटनामा परी घाईते भएकी बालिकाको उपचारका क्रममा धनगढीमा मृत्यु भएको बताए ।
दुर्घटनामा परी बालिकाका बुबा समेत रहेका चालक ३० वर्षीय ज्ञानेन्द्र खड्का गम्भीर घाईते भएका छन् । उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भईरहेको प्रहरी नायब उपरिक्षक थापाले बताए । अस्पतालले अवस्था गम्भीर रहेकाले अन्यत्र लैजान भनेको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/15, 11:47
2021/06/16, 1:03
2023/02/24, 7:36