सीपी अस्पतालद्धारा ६ महिनामा ४५६ जना विरामीको मुत्र तथा मृगौला सम्बन्धीको शल्यक्रिया 
2021/09/01, 4:38
 
dd

धनगढीको सीपी अस्पतालले ६ महिनामा साढे चार सय जना विरामीलाई युरो सम्बन्धी सेवा दिएको छ । धनगढीको सिपि अस्पतालले मृगौला तथा मुत्ररोग सम्बन्धी विभाग विस्तार गरेपछि ६ महिनाको अवधिमा चार सय ५६ जना विरामीहरुलाई सेवा दिईएको हो ।

धनगढी उपमहानगरपालिका ४ चटकपुर स्थित सिपि अस्पतालले सेवाहरु विस्तार गर्ने क्रममा पुर्णकालिन रुपमा मृगौला तथा मुत्ररोग सम्बन्धी विभाग विस्तार गरेपछि दुई सय २४ जनाको जटिल शल्यक्रिया गरिएको छ । दुई सय ३२ जनाको सामान्य शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । सेवा लिनेमा दुई सय ६६ पुरुष र एक सय ९० जना महिला रहेका छन् ।  पुर्णकालीन रुपमा मृगौला तथा मुत्ररोग सम्बन्धी विभाग विस्तार भएपछि धेरै विरामीहरुहरु लाभान्वित भएको अस्पतालका प्रशासनिक निर्देशक विकास मौनीले बताए ।

1

सेवाको विस्तार भएपछि मृगौला तथा मुत्ररोग सम्बन्धित समस्याबाट ग्रसित विरामीहरुले सिपी अस्पतालको एउटै छानामुनि सम्पुर्ण सेवाहरु प्राप्त गरिरहेका छन् । वरिष्ठ मुत्र तथा मृगौला रोग विशेषज्ञ डाक्टर सुमित कर्णले आवासीय रुपमा अस्पतालमा यो सेवा दिदैं आएका छन् । सामान्यतः मृगौलाको पत्थरीमा ठुला तथा मध्यम छिद्र बनाई शल्यक्रिया गर्ने विधिहरु Standard PCNL  Mini PCNL  विधि प्रचलनमा छ । तर यसको अतिरिक्त पनि अति सानो छिद्र Super mini PCNL विधिबाट गरिने शल्यक्रियामा विरामीलाई बढि सरल हुने, पिडा कम हुने, रक्तश्राव कम हुने, घाउ छिटो निको हुने तथा विरामीको अस्पताल बसाई कम हुने गरेको डा.कर्णले बताए । गत चैत १९ गतेदेखि अस्पतालमा मृगौला तथा मुत्ररोग सम्बन्धी सेवा सुरु भएको थियो ।  हाल अस्पतालमा ३ तीन वटै विधिबाट अप्रेशन भईरहेको अस्पतालका प्रशासन प्रमुख हेमराज जोशीले जानकारी दिए । यो सेवा सुचारु भएपछि मृगौला, मुत्रनली, मुत्रथैलीको पत्थरी, प्रोस्टेट सम्बन्धी समस्या भएका विरामीहरुले नियमित रुपमा २४ सै घण्टा धनगढीमै सेवा पाईरहेका छन् । 

सिपि अस्पतालमा स्त्री तथा प्रसुति रोग, जनरल सर्जरी, युरो सर्जरी, जनरल मेडिसिन, अर्थाेपेडिक, गाईने, रेडियोलोजी र फिजियोथेरापी सेवाहरु दैनिक संचालनमा रहेको प्रशासन प्रमुख जोशीले बताए । आगामी दिनहरुमा पनि अस्पतालले थप अत्याधुनिक सुविधा सहित नयां विभागहरु विस्तार गर्ने योजनामा रहेको जोशीले जानकारी दिए ।