कैलालीमा विद्यालय सञ्चालन गर्न स्थानीय प्रशासन सकारात्मक 
2021/09/01, 5:11
 
aa

कैलालीमा विद्यालय सञ्चालन गर्न स्थानीय प्रशासन सकारात्मक देखिएको छ । सरोकारवाला निकायसंग छलफल गरिरहेको जिल्ला प्रशासन कार्यालय कैलाली विद्यालय सञ्चलन गर्न सकारात्मक देखिएको हो । 

विद्यालय सञ्चलन गर्ने विषयमा स्थानीय तहसंग बैठक राखेर के कस्ता मापदण्ड अपनाएर सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । अन्य सबै क्षेत्र लगभग खुलेको अवस्थामा शैक्षिक संस्था पनि सञ्चालनको माग भइरहेकोले यसमा स्थानीय प्रशासनले पहल थालेको प्रमुख जिल्ला अधिकारी रिजालको भनाई छ । 

अन्य सबै क्षेत्र खुलिसकेको अवस्थामा कोभिड–१९ को जोखिम कायमै रहेको भन्दै कैलाली सहित देशभरका अधिकांश जिल्लाका विद्यालय बन्द गरिएका छन । तर विभिन्न जिल्लामा भने विद्यालय सञ्चलनको निर्णय भइसकेको छ ।

बझाङका सम्पूर्ण विद्यालय सञ्चालन भएका छन् भने आज बसेको काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले विद्यालय सञ्चलनबारे निर्णय गरेको छ ।

नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको भित्र रही स्थानीय तहहरुको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरि विद्यालयहरु सञ्चालन गर्न पाउने आदेश जारी भएको छ ।