
सेती प्रादेशिक अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा एक जना बैतडी र एक जना अछामका रहेका छन ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार आईसियुमा उपचाररत बैतडीको दशरथचन्द नगरपालिका(८ का ३१ बर्षिय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।
त्यस्तै आईसियुमै उपचाररत अछामको साफेबगर नगरपालिका – ५ का ५१ बर्षीय पुरुषको मंगलबार राती मृत्यु भएको थियो । हाल अस्पतालमा ११ जना कोरोना संक्रमित उपचाररत रहेका छन । ति मध्ये २ जनाको आईसियु र २ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ ।

यसैबिच सेतीमा २८ कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा १ सय ५८ नमूनाको कोरोना परिक्षण गरिएकोमा २८ संक्रमित थपिएका हुन ।
2025/05/27, 5:16
2025/05/27, 5:13
2025/05/27, 5:11
2025/05/27, 5:09
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/09, 2:30
2022/03/15, 1:30
2020/08/10, 4:28
2021/01/12, 3:18