सुदूरपश्चिमका छुट्टाछुट्टै जिल्लामा तीन जना मृत फेला परेका छन्। कैलाली, बझाङ र डोटीमा तीन जना मृत फेला परेका हुन्। प्रहरीका अनुसार कैलालीको गौरीगंगा नगरपालिका - ३ कुचैनीस्थित शिबगंगा नदीमा एक जना मृत फेला परेका हुन्।
नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने ५२ वर्षीय ढिग्रा चौधरीको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै डोटीको बडीकेदार गाउँपालिका(२ शौनेरीस्थित ठुलि बगरमा एक जना मृत फेला परेका छन्।
रायल गाउँपालिका- ६ बस्ने १८ वर्षीय कैलाश थापा बुधबार मृत अवस्थामा फेला परेका हुन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
उता बझाङको बित्थडचिर गाउँपालिका- १ मल्ला गाउँ बस्ने २५ वर्षीय कर्ण बहादुर बोहराको मृत्यु भएको छ। चट्याङ लागेर बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। घर नजिकैको जंगलमा बाख्रा चराउने क्रममा चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो।