लकडाउनमा तरकारी बिक्री नभएपछि बारीमै नष्ट
2020/06/13, 1:29
 
tarkary

लकडाउनका कारण खेत बारीमा उत्पादित तरकारी कुहिन थालेपछि कैलालीका किसानहरु समस्यामा परेका छन । लकडाउनका कारण बिक्री भने ठप्प भएको छ । कोरोना संक्रमण फैलिन नदिन देशमा लकडाउनका कारण लामो समयदेखि बजार बन्द छ । बजारमा तरकारी तथा फलफुलको बिक्रि सहज नहुँदा किसानका तरकारी बारीमा सड्न थालेका छन् । जिल्लाको जोशीपुर गाउँपालिका ६ रतनपुरका किसान करण साउँदले भने तरकारी बिक्री वितरण नभए पछि तरकारी बारीमा ट्याक्टर लगाएर बारी जोतेका छन् ।
उत्पादन गरेको तरकारीले बजार नपाएपछि तरकारी सहित नै जोत्न सुरु गरेका हुन् । यस पटक लकडाउनले गर्दा बजार मूल्य नपाएपछि साउदँले लगाएको तरकारी बारीमा ट्र्याक्टर लगाएर जोताउन बाध्य भएका हुन् । उनले जमिन भाडामा लगेर १२ कट्ठामा जग्गामा काक्रा, लौका, भिन्डी लगाएका थिए । चैत्र महिनामा उनले २० देखी २४ हजार रुपैयाँको मात्र काक्रा, लौका बिक्री गर्न पाए । तर भिन्डी भने बिक्री वितरण गर्न पाएनन् । लकडाउन लम्बिँदा प्रायः धेरै किसान मारमा परेका छन् । आफ्नो परिश्रम बाहेक १३ कठ्ठामा ५० हजार भन्दा बढी खर्च गरेर काक्रा, लौका, भिन्डी लगाएको उनले जानकारी दिए ।

बजार नपाउँदा उत्पादित काक्रा, लौका, भिन्टी बिगतमा जोशीपुुर, सिमरी, बौनिया बजार हुँदै सुखड बजारसम्म जाने गरेको थियो । लकडाउनको कारण बिक्री नभएर खेतबारीमै तरकारी कुहिन थाले पछि आफुहरुले बिउको खर्च समेत उठाउन धौ धौ परेको उनको भनाई छ । ५ रुपैया किलोमा पनि तरकारी बिक्री नभएको उनले बताए । बजारमा लिदा ब्यापारीले लिन मान्दैनन्,गाँउगाँउ पुग्दा समेत बिक्रि हुदैन, उनले भने । 

अघिल्ला वर्ष तरकारी किन्न व्यापारीहरु गाडी लिएर बारीमै आउँथे। तरकारी बेच्न किसानलाई भ्याइन भ्याइ हुन्थ्यो तर यसवर्ष तरकारी खरिद गर्न कुनै व्यापारी नै आएनन् । तरकारीको मुख्य सिजनमा मुलुक लकडाउन भएका कारण आफु निकै मर्कामा परेको उनले दुखेसो पोखे । यी त केही प्रतिनिधि मुलक किसानहरुका समस्या हुन । अहिले धेरै किसानहरुले लकडाउनका कारण तरकारी बिक्री वितरण गर्न पाएका छैन् ।

देश बन्दाबन्दी हुदा तकारी खेतबारीका सड्न थालेका छन् भने कतिले त जोत्न पनि सुरु गरी सकेका छन् । यता जोशीपुर गाउँपालिकाको कृषि शाखाको प्रमुख हर्क बहादुर बमले भने लकडाउनका कारण तकारी खेती गरीरहेकाहरुलाई राहात दिन नसकिएको बताए । डाउनका कारण गाउँ घरमा भएर विबरण संकलन गर्न बाकी रहेको बताए । विबरण संकलन प्रत्यास केही राहात स्वरुप किसानहरुलाई राहात दिने बताए ।