
कैलालीमा आजदेखि निषेधाज्ञा खुलेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले गरेको निर्णय अनुसार आज देखी कैलालीमा निषेधाज्ञा खुलेको हो ।

कोरोनाको संक्रमणदर घटेसंगै आज देखी निषेधाज्ञा खुलेको हो । कैलालीमा बैशाख १६ गतेदेखी गरिएको निषेधाज्ञा आजदेखी पुर्णरुपमा खुला भएको जिल्ला प्रशासन कार्यलय कैलालीले जनाएको छ । कैलालीमा जारी निषेधाज्ञा पुर्णरुपमा ५ महिनापछी खुलेको हो ।

कैलालीमा भोलीदेखि विद्यालय सञ्चालनमा आउने
कैलालीमा भोलीदेखि विद्यालय सुचारु हुने भएका छन् । सरकारले प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको समन्वयमा विद्यालय खोल्न सकिने निर्णय गरेसँगै कैलालीमा पनि भोलीदेखि विद्यालय सुचारु हुने भएका हुन् ।
जिल्ला प्रशासान कार्यालय कैलालीको बिहीबार बसेको बैठकमा भोलीदेखि असोज १ गते सम्म विद्यालय खुल्ने सहमती भईसकेको जनाएको छ । यदपि छलफल भने जारी रहेको छ । असोज १ गतेदेखि अवस्था हेरेर अर्को छलफल गरी निर्णय गरिने आजको बैठकमा छलफल भएको छ ।यस अघि यहाँका स्थानीय तहका जनप्रतिनिधी र सरोकारवाला निकायले शैक्षिक संस्था सुचारु गर्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउँदै आएका थिए ।
2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/02, 8:16
2022/04/19, 3:48
2023/09/27, 12:26
2020/09/02, 4:57