कैलालीमा कोरोना भाइरसको जोखिम रोकथामका लागि जारी निषेधाज्ञा खोलिएको छ । मानिसहरुको दैनिक जीवनलाई सहज बनाउन आजदेखि निषेधाज्ञा हटाईएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बिहीबार आदेश जारी गर्दै निषेधाज्ञा हटाए पनि विभिन्न ५ क्षेत्रमा भने निषेध जारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारीद्धारा जारी आदेशमा भनिएको छ– ‘अनावश्यक रुपमा मानिसहरु जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, सामूहिक रुपमा पूजाअर्चना गर्ने, जात्रा महोत्सव गर्न, भोज भतेर गर्ने जस्ता कार्य गर्न पाइने छैन ।’ मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरे दुई सय रुपैयाँ जरिबाना गरिने आदेशमा उल्लेख छ ।
यस्तै आजदेखि भने जिल्लामा भौतिक उपस्थितिमै विद्यालय सञ्चलन गर्न पाइने भएको छ । बालबालिकाका शैक्षिक गतिविधि र अन्य सामाजिक गतिविधिलाई सहज बनाउन यस्तो निर्णय गरिएको आदेशमा उल्लेख छ । जिल्लामा राति ८ बजेपछि सम्पूर्ण पसल सञ्चालनमा लगाइएको रोक हटेको छ । ‘सर्वसाधारण व्यक्ति, समूह तथा संस्था लगायतका निकायबाट आर्थिक, सामाजिक तथा व्यवसायिक गतिविधिहरु सञ्चालन गर्दा नेपाल सरकारले तोकेको सवास्थ्य मापदण्ड तथा प्रोटोकलहरुको पूर्ण रुपमा पालना गर्ने शर्तमा मात्र सञ्चालन गर्न पाउने छ ।’ प्रजिअ रिजालद्वारा जारी आदेशमा भनिएको छ ।
यस्तो छ सिडिओको आदेश