जिल्ला समन्वय समिति कैलालीका उपप्रमुखसहित तीन जनाले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका छन् । समन्वय समितिका उपप्रमुख सुन्दरी चौधरी, सदस्य मालतीदेवी विक र देवी भण्डारीले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । समन्वय समितिमा एमालेका ६ जनामध्ये पाँच जना एकीकृत समाजवादीमा आउने दाबी गरिएको छ ।
समन्वय समिति सदस्य टेकबहादुर बुढा र ललित साउँदले पनि आइतबार सनाखत गर्ने नेकपा समाजवादी कैलालीका नेता विमल जोशीले जानकारी दिए । उनका अनुसार बुढा र साउँद यसअघि नेपाल समूहका खुलेका थिए । जिसस प्रमख सूर्यबहादुर थापा भने एमालेमै छन् । ९ जनाको जिल्ला समन्वय समितिमा तीनजना जनता समाजवादी पार्टी (जसपा)का सदस्य छन् । जसपा विभाजित भएपछि उनीहरू कतै पनि खुलेका छैनन् ।
जसपा विभाजित बनेपछि महन्त ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता गरिएको छ । यस अघि कैलालीको मोहन्याल गाउँपालिका उपप्रमुख सहित ३ जनाले समाजवादीमा सनाखत गरेका थिए । निर्वाचन कार्यालयले भदौ २२ गते सम्मका लागि दल राज्ने समय दिएको छ ।