भालुको आक्रमणबाट घाइते भएकी कौसली नेपालीको उपचारका लागि आर्थिक अभाव भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका–९ की २१ वर्षीय कौसली नेपाली बिहीबार गोठालो गएको बेला भालुको आक्रमणमा परी घाइते भएका थिइन्।
नेपालीलाई उनका आफन्तले उपचारका लागि अछामको बयालपाटा अस्पतालमा लगिएकी थिइन् । उनको थप उपचार लागि नेपालगञ्ज तथा काठमाडौं लग्नुपर्ने अस्पतालले भनेपनि आर्थिक अभावले गर्दा जान नसकको उनका आफन्तले बताएका छन्।
उनको टाउँको, मुख, हात र अनुहारमा गम्भीर चोट लागेकाले बयालपाट अस्पतालमा उपचार सम्भव नभएको आफन्तले बताए।अस्पतालले रिफर गरिसकेको छ, विरामीसंग जाने भाडा पनि नै छैन् त्यसैले यही रोकिनु पर्ने बाध्यता रहेको आफन्तले जानकारि दिएका छन्।
नेपालीका बुवा प्रेम नेपालीको पहिले नै मृत्यु भइसके छ। उनको सहारा आमा मात्र रहेकी छन्। बुवाको मृत्यु भइसकेपछि आर्थिक अवस्था निकै कमजोर हुदै गएको बताइएको छ।
कौसलीकी आमाले छोरीको उपचारका लागि सबैसंग हार गुहार गरेकी छन्। उनका अनुसार नेपालीलाई गम्भीर चोटपटक लागेकाले हवाई जहाजमार्फत लग्नु पर्ने भएकाले थप आर्थिकमा समस्या भएको छ।