‘सुदूरपश्चिमका समृद्धिसँग जोडिएका योजनाहरु अघि बढ्छन्’
2021/09/04, 5:00
 
dd

नेपाली काग्रेंसकी नेतृ डाक्टर आरजु राणा देउवाले सुदुरपश्चिमको समृद्धिसँग जोडिएका योजनाहरु अगाडी बढ्ने बताएकीछिन् । डोटीका विभिन्न वर्गहरुसँग गरिएको छलफलमा यो प्रदेशको समृद्धिका आधार मानिएका योजनाहरु अगाडी बढाउने बताएकी हुन् । 

छलफल कार्यक्रममा गेटा मेडिकल कलेज, गौरीफन्टा नाकाको स्तरोन्नति, गेटा विमानस्थलको स्तरोन्नति, फाष्ट ट्रयाक निर्माणको काम अगाडी बढाउन र पश्चिम सेती निर्माणको काम अगाडी बढाउन पहल गर्ने बताईन् । गेटा मेडिकलल कलेज सञ्चालनको लागि समिति बनेकोमा कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयमा यसक्षेत्रका केही चिकित्सकहरु थप गर्नका लागि माग गरेको बताईन् ।

यसको सञ्चालनका लागि आफु पनि चिन्तित रहेको भन्दै उनले मेडिकल कलेज सञ्चालनका लागि लागिरहेको र चाडै पठनपाठनको काम अगाडी बढाउन पहल गर्ने बताईन् । उनले महिला तथा बालबालिकाहरुका लागि विशेषज्ञ अस्पताल सञ्चालन तर्फ पनि लागिरहेको दावी गर्दै ५० जना अटाउने महिला छात्रावास आफ्नो तर्फबाट निर्माण गर्ने घोषणा गरिन् । 
धनगढी–दिपायल फाष्ट ट्रयाकको गति सुस्त रहेकोले यसलाई बगाडी बढाउन पहल भईरहेको बताईन् । अहिले सुदुरपश्चिमकै प्रधानमन्त्री रहनुभएकोले सुदुरपश्चिमको समृद्धिका लागि फाष्ट ट्रयाक निर्माणलाई गति दिने बताईन् । 

गौरीफन्टा नाकाको स्तरोन्नति र वर्तमान प्रशासनिक कठिनाई समाधान गर्न पनि पहल गर्ने बताईन् । उनले हाल गौरीफन्टा नाका कञ्चनपुरको क्षेत्रमा पर्दा भईरहेको प्रशासनिक जटिलतालाई समाधान गर्न लाग्ने बताईन् ।  गेटा विमानस्थलको स्तरोन्नतिलाई अगाडी बढाउन पनि पहल गर्ने उनले बताईन् । जग्गा अधिग्रहण गर्दै अन्तराष्ट्रिय विमानस्थल बनाउनका लागि प्रक्रिया समेत अगाडी बढाईएको नेतृ देउवाको दावी छ । त्यसैगरी लामो समयदेखि अल्झिएको पश्चिम सेतीको विषयमा पनि के गर्न सकिन्छ त्यस विषयमा पहल गर्ने उनको भनाई छ ।