
प्रहरीले कैलालीको धनगढीबाट लागुऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा सामुदायिक प्रहरी सेवा केन्द्र धनगढी उप–महानगरपालिका–५, हसनपुरबाट खटिएको प्रहरी टोलीलले ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको हो ।

सेवा केन्द्रका प्रहरी ईन्चार्ज प्रहरी सहायक निरिक्षक भानबहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले धनगढी उप–महानगरपालिका–५, जाईबाट पाँच ग्राम लागुऔषध ब्राउन सुगर सहित पिमेल खड्कालाई पक्राउ गरेको हो ।
राती ११ बजे पक्राउ परेका खड्कालार्ई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाईएको प्रहरी सहायक निरिक्षक भानबहादुर चन्दले बताए ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/15, 11:47
2021/06/16, 1:03
2023/02/24, 7:36