सुदूरपश्चिम प्रदेश सभामा माधव कुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत (समाजवादी) एमालेभन्दा ठुलो दल बनेको छ । सुदुरपश्चिम प्रदेश सभामा एमाले तीन प्रभावशालीसांसदले समाजवादी पार्टी रोजेपछि समाजवादी ठुलो दल एमालेभन्दा ठुलो बन्न सफल भएको हो । यसअघि प्रदेशसभामा एमाले सबैभन्दा ठुलो दल थियो । तर, समाजवादीले प्रदेशसभामा सबैभन्दा ठुलो दल बनाउने प्रयासलाई भने जारी राखेको छ ।
यसअघि एमालेको प्रमुख सचेतक रहेका सांसद तारा लामा तामाङ, भौतिक योजनामन्त्री समेत रहेका दीर्घ सोडारी र पुर्व वनराज्यमन्त्री प्रकाश रावलले समाजवादी रोजेका हुन । सुदुरपश्चिममा एमालेका १० सांसदले यसअघि नै समाजवादीको पक्षमा सनाखत गराएका थिए । अव सुदुरपश्चिममा एमालेको सभामुखसहित १२ र समाजवादीसंग १३ सांसद भएका छन् । आईतबार समाजवादीको पक्षमा खुलेका लामा कंचनपुर र सोडारी एमालेको जिल्ला अध्यक्ष समेत थिए भने रावल व्यापारीक पृष्ठभुमिका भएपनि एमाले नेता भीम रावलको जोडबलमा मन्त्री बनाइएका थिए । नेता रावललाई अन्तिममा प्रकाश रावलले समेत साथ छोडेका छन् ।
सुदुरपश्चिममा जिल्ला तहका कार्यकर्ता र स्थानिय तहका प्रमुख उपप्रमुखहरु भने अधिकांश एमालेमै बसेका छन् । एमालेमा विवाद हुंदा रावलको पक्षमा उभिएका बहुमत सांसदहरुले उनले माधव नेपालको साथ छाडेसंगै उनलाई पनि छोडेका छन् । ५३ सदस्यीय प्रदेश सभामा १३ सांसद मात्र हुने माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट अहिले मुख्यमन्त्री छन् । यसअघि रावलकै दबावमा एमालेका १७ सांसदहरुले गत जेठ २५ मा उनलाई विश्वासको मत दिएका थिए ।
त्यतिबेला रावलको एमाले अध्यक्ष केपी ओलीसंग संघर्ष चलिरहेको थियो । रावल ओली नेतृत्वको सरकार ढाल्न कम्मर कसेर लागेका नेता हुन । उनको त्यतिबेला सुदुरपश्चिममा पकड बलियो थियो । पार्टी अध्यक्ष ओलीको निर्देशन नमानेका रावल पछिल्लो समय एमालेभित्र कमजोर बनेका छन् । उनको गृहजिल्लामा समेत रावल कमजोर छन् । एमालेको अन्र्तसंघर्ष बढ्दै विभाजनको तहसम्म पुग्दा रावल भने एमालेमै बसेका थिए । उनले एमालेमा जेठ २ लागु गर्नुपर्ने आवाज पार्टीभित्र उठाउंदै आएका छन् ।
‘आईतबार समाजवादीतर्फ लागेका तीन जना सांसद लामा र सोडारीको जेठ २ लागु भएको अवस्थामा एमालेमै फर्कर्ने सम्भावना थियो । तर, त्यो लागु नहुंदा उहांहरु उता जानुभयो भन्ने रावलजीको गुनासो छ ।’ उनि निकट एक नेताले भने ।तर, लामा र सोडारी दुवैले नेता नेपालसंग साथ दिने बचन दिएकाले समाजवादीतर्फ लागेको स्रोतको दावी छ । लामालाई प्रदेशमा अर्थमन्त्री बनाउने तयारी छ । उनले यसअघि मन्त्रीमा सपथ लिन पार्टी नेतृत्वले आग्रह गरेपनि त्यसलाई अस्विकार गरेका थिए । सोडारी भने मुख्यमन्त्री बन्ने दौडमा छन् ।
एमालेमा विवाद हुंदा रावललाई १७ जना सांसदले साथ दिएपनि अन्तिममा १३ जनाले साथ छोडेका छन् भने ४ जना सांसदले मात्र उनलाई साथ दिएका छन् । समाजवादीले अरु सासंदहरुलाई समेत पार्टीमा तान्ने कोसिस गरिरहेको छ ।रावल एमाले हुंदा नेता माधव कुमार नेपाल निकट नेताका रुपमा चिनिन्थे । उनकै सिफारीसमा रावल देशको गृह र रक्षाजस्तो महत्वपूर्ण मन्त्रालयको मन्त्री समेत बनेका थिए । तर,पछिल्लो समय १० बुदे प्रकरणमा भने दुवै नेताबीच दुरी बढेको थियो ।
रावलको सुदुरपश्चिममा बलियो पकड रहेको चर्चा थियो । तर समयक्रले उनको कारण नभई नेता नेपालको कारण सुदुरपश्चिममा उनको बलियो प्रभाव रहेको देखिएको छ । प्रदेश सांसदहरु आफ्नो पक्षमा तान्न पछिल्लो समय नेता नेपाल नै सक्रिय थिए । त्यसका साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समेत सांसदहरुलाई टेलिफोन सम्पर्क गरेर नेपाल पक्षमै रहन आग्रह गरेको स्रोतको दावी छ ।