कैलाली स्थानीय तहक ३२ जना जनप्रतिनिधीले रोजे नेकपा एकीकृत समाजवादी
2021/09/06, 12:48
 
dd

नेकपा (एकीकृत समाजवादी ) पार्टीको पक्षमा कैलालीका स्थानीय तहका ३२ जना जनप्रतिनिधिले सनाखत गरेका छन । आईतबार मात्रै १७ जना जनप्रतिनिधीले सनाखत गरेका हुन् । गोदावरी नगरपालिका उपप्रमुख रत्ना कडायत लगाएतकाले सनाखत गरेको एकीकृत समाजवादी कैलालीका नेता विमल जोशीले जानकारी दिए । 

यस्तै गोदावरी नगरपालिका वडा नं ५ का वडाध्यक्ष कर्ण सिंह बोहरा, गौरीगंगा नगरपालिका वडा नं २ का वडाध्यक्ष जनक साउँद, जिल्ला समन्वय समिति सदस्य ललित साउँद, महोन्याल ५ का वडाध्यक्ष टेकेन्द्र वोगटी टिकापुर नगरपालिका वडा न १ का वडाध्यक्ष गंगाराम आर्चाय, कार्यकारी सदस्य सोभा नागर्जी लगाएतकाले सनाखत गरेका हुन ।

जिल्ला समन्वय उप्रमुख शुन्दरी देवी चौधरी सहीत ३ जना सदस्य, महोन्याल गापाकी कार्यबाहक अध्यक्ष पुजा बुढामगर सहित १५ जना जनप्रतिनिधीले यस अघि नै जिल्ला स्थित निर्वाचन कार्यालयमा सनाखत गरीसकेका छन् । बाँकी रहेका जनप्रतिनिधीहरुले २१ र २२ गते हस्ताक्षर गर्ने नेकपा (एकीकृत ) समाजवादीका नेता विमल जोशीले जानकारी दिए । 

यस्तै एमालेका कैलालीबाट निर्वाचित ६ जना प्रदेश सभा सदस्य मध्ये ४ जनाले एकीकृत समाजवादी पार्टीमा सनाखत गरीसकेका छन् । एमालेबाट विजयी भएर नेकपा (एकीकृत समाजवादी) रोज्ने प्रदेश सांसदको संखया भने १३ पुगेको छ।  भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, पूर्व राज्यमन्त्री प्रकाश रावल, प्रदेश सांसद तारा लामा तामाङ, कुलविर चौधरी, अमरबहादुर साउद, बलबहदुर सोडारी र सुशिला बुढाथोकीले माधव नेपाल नेतृत्वको नयाँ पार्टीको पक्षमा नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरिसकेका छन्।