सेती प्रयोगशालामा थप २० जनामा कोरोना पुष्टि
2021/09/06, 2:57
 
dd

सेती प्रादेशिक अस्पतालमा सोमबार गरिएको कोरोना परिक्षणमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८१ नमूनाको कोरोना परिक्षण गरिएकोमा २० जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा २ जना अस्पतालमा भर्ना भएका छन् । यस्तै अस्पतालबाट १ जना डिस्चार्ज भएका छन् ।  हाल सेतीमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

जसमध्ये ६ जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जनाकारी दिए ।