सुदूरपश्चिमको ठुलो दल बन्यो नेकपा एकीकृत समाजवादी
2021/09/06, 3:09
 
aa

नेकपा एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठुलो दल बनेको छ । सुदूरपश्चिम प्रदेशका १४ जना एमाले सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसँगै सबैभन्दा ठूलो दल बनेको हो। सोमबार (आज) प्रदेश सांसद माया तामाङ (बोहरा)ले  एकीकृत समाजवादीको पक्षमा सनाखत गरे सगै नेकपा एस प्रदेशकै ठुलो दल बनेको हो । 

जेठ २५ गते सुदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिँदै गर्दा नेकपा एमालेभित्र अन्तरसंघर्ष चुलिएको थियो। केन्द्रको दबाबलाई बेवास्ता गर्दै एमालेका १७ सांसदले माओवादी केन्द्रका भट्टलाई विश्वासको मत दिए। सभामुखसहित २५ जना सांसद रहेको एमालेका बहुसख्यक सांसदले मत दिएकै कारण भट्टको सत्ता टिकेको हो।

५२ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रका १३ सांसद छन्। भट्टले विश्वासको मत पाउनुको पछाडि एमाले उपाध्यक्ष भीम रावलको साथ रहेको अनुमान गरिएको थियो। किनकी त्यो समयमा रावल एमाले अध्यक्ष केपी शर्मा ओलीका कट्टर विरोधी थिए।

अछामका रावलको सुदूरपश्चिमको एमाले राजनीतिमा बलियो पकड रहेकाले उनैको साथमा प्रदेश सभाका सांसदले अध्यक्ष ओलीको निर्देशन लत्याइदिएको धेरैको अनुमान थियो। एमालेको अन्तरसंघर्ष चर्किँदै गएर पार्टी विभाजन भएको छ। माधवकुमार नेपालले एमाले विभाजन गरी नेकपा९एकीकृत समाजवादी०पार्टी गठन गरेका छन्। नेपालले पार्टी विभाजन गर्दा रावलले उनलाई साथ दिएनन्।

उनी अहिले ओलीसँग निकट छन्। ओलीको पक्षमा रावल लागेसँगै सुदूरपश्चिमको राजनीतिमा पनि फेरबदल आउने अनुमान गरिएको थियो। तर हिजो रावललाई साथ दिएका भनिएका एमालेका अधिकांश प्रदेश सांसदले एकीकृत समाजवादी रोजेका छन्। रावलको पक्षमा रहेका भनिएका १७ सांसदमध्ये १४ जनाले एकीकृत समाजवादी पार्टी रोजेका छन्।

अब रावललाई जम्मा तीन जना सांसदले मात्रै साथ दिनेछन्। कुनै बेला संसदमा झन्डै बहुमतमा रहेको एमाले अब सभामुखसहित ११ सांसदमा खुम्चिएको छ। ओली र नेपालबीच अन्तरसंघर्ष हुँदा सुदूरपश्चिम प्रदेशमा नेपाल पक्षको बोलवाला हुनुमा रावलको प्रभाव रहेको मानिएको थियो। रावलकै कारण माधव नेपाल बलियो भएको अनुमान थियो। सुदूरपश्चिममा रावलका कारण माधव नेपाल नभई नेपालका कारण रावल बलियो बनेको घटनाक्रमले पुष्टि गरेको छ। अब सुदूरपश्चिम प्रदेशसभामा एमालेका सभामुखसहित ११ र एकीकृत समाजवादीका १४,काग्रेसका १२ र जसपाका २ सांसद छन् ।  

यी हुन् नेकपा एकीकृत समाजवादी पार्टी रोज्ने प्रदेश सांसद
-पूर्णा जोशी

-लालबहादुर खड्का

-चुनकुमारी चौधरी

-मना साउँद

-माया भट्ट

-बलबहादुर सोडारी

-अम्मर साउँद

-कुलबिर चौधरी

-सुशिला बूढाथोकी

-दुर्गा कामी

-तारालामा तामाङ

-दीर्घ सोडारी

-प्रकाश रावल

-माया तामाङ्ग