नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा कैलालीका स्थानीय तहका थप १८ जनाले सनाखत गरेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका उपमेयर प्रेमा कुमारी थापा सहीत वडाध्यक्ष टेक बहादुर बुढा, धन बहादुर बम, कार्यपालिका सदस्य रति कामी र वडा सदस्य लक्ष्मीरुद्र न्यौपानेले सनाखत गरेका छन् ।
यस्तै लम्कीचुहा नगरपालिका बाट वडाध्यक्ष पुर्ण विष्ट, कार्यपालिका सदस्य भुमीसरा उपाध्याय, र भिमा चौधरी ले दस्तखत गरेका छन । यसैगरी भजनी नगरपालिका कार्यपालिका सदस्य टिकाराम भण्डारीले समेत आज दस्तखत गरेका छन ।
यस्तै गौरीगंगा नगरपालिका ७ का वडाध्यक्ष दलबहादुर कुमाल सहित वडा सदस्य ताराप्रसाद थापा, सरस्वती देवी थारु र ३ नम्बर वडाका वडा सदस्य भागिदेवी साउँदले पनी आजै सनाखत गरेका छन् । धनगढी उपमहानगरपालिका सदस्य ओम चन्द ले पनी समावादीमा सनाखत गरेका छन् ।
आइतबार सम्म ३२ जना स्थानीय जनप्रतिनिधीले सनाखत गरेका थिए भने सनाखत गर्नेको कुल संख्या अहिले ५२ पुगेको एकीकृत समाजबादी कैलालीका नेता विमल जोशीले जानकारी दिए । जोशीका अनुसार सनाखत गर्नु पर्ने अन्तिम दिन मंगलबार अधिकांश जनप्रतिनिधिले सनाखत गर्ने छन् ।