केपी ओली नेतृत्वको समुह सच्चिए एमालेसँग एकता सम्भव छ: मन्त्री सोडारी
2021/09/06, 8:41

धनगढी । केपी शर्मा ओली नेतृत्वको समुह सच्चियो भने नेकपा एमाले सँग एकताको सम्भावना हुने दिर्घ सोडारीले बताएका छन । सोमबार धनगढीमा पत्रकारलाई प्रतिक्रिया दिँदै भौतिक पुर्वाधार विकास मन्त्री समेत रहेका सोडारीले ओली नेतृत्वको समुह सच्चियो भने एकताको सम्भावना रहेको बताए ।
केपी ओलीले नेतृत्व गरेको समुह अराजक, सिद्धान्तनिष्ट र षडेन्त्रकारी भएका कारण आफूहरुले त्यसको विरुद्ध विद्राह गरेको उनको दावी छ । ''अहिले हामी अर्को पार्टी बनाएर अगाडी जान्छौं',उनले भने,'केपी ओली र उनको समुहका मान्छेहरु सच्चिएपछि एकताको सम्भावना छ ।''
एमाले सँग मात्रै एकता नभएर कम्युनिष्ट आन्दोलनको एकता गर्नु पर्छ उनले भने । ''नेकपा एमाले भन्ने पार्टी केपी ओलीले सकेर नेपाल कम्युनिष्ट पार्टी बनाई सक्नु भएको थियो',उनले भने,'अहिलेको एमाले अदालतले बनाई दिएको पार्टी हो ।'' एमाले पार्टी भन्दै भ्रम पार्न नहुने उनको भनाई छ ।
आजसम्म करिब ५० जना जतिले नेकपा एकिकृत समाजवादी रोजेको बताउँदै उनले भोली सम्म यो संख्या बढ्न सक्ने मन्त्री सोडारीले जानकारी दिए । साथै उनले अहिलेको सरकार यथावत रहने बताए । सरकारको नेतृत्व र मन्त्रीको विषयमा पछि छलफल गरेर अगाडी बढ्ने उनले जानकारी दिए । सुदूरपश्चिम प्रदेशमा सबै भन्दा ठुलो दल नेकपा एकिकृत समाजवादी पार्टी बनेको छ ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/04, 3:49
2022/03/08, 7:55
2020/06/09, 4:40
2020/10/12, 5:18