दार्चुला तुइन प्रकरणमा भारतलाई पठाएको कूटनीतिक नोटमा के छ ?
2021/09/07, 11:28
 
Lagu

दार्चुला तुइन प्रकरणमा सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ । 

दार्चुला तुइन प्रकरणमा छानविन समितिले घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संलग्नता देखिएको प्रतिवेदन बुझाएपछि सरकारले भारतलाई कूटनीतिक नोट पठाएको हो । 

आइतबार कूटनीतिक च्यानलमार्फत पठाइएको कूटनीतिक नोटमा सरकारले जयसिंह धामीको संदिग्ध मृत्यु र भारतीय विमानद्वारा नेपाली आकाश क्षेत्रको उल्लंघनप्रति विरोध जनाएको छ । 

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार धामी प्रकरणमा शुक्रबार र नेपाली आकाशको उल्लंघनबिरुद्ध आइतबार कूटनीतिक च्यानलमार्फत विरोधपत्र पठाइएको हो।

तुइन प्रकरणको सत्य–तथ्य पत्ता गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा साउन १७ गते छानबिन समिति गठन गरिएको थियो । उक्त समितिले भदौ १५ गते प्रतिवेदन बुझाएको थियो ।

साउन १५ गते महाकाली नदी तर्दा तुइन चुँडिएर ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए । तुइन तर्दै गर्दा एसएएबीले तुइनको लठ्ठा काटिदिएको बताइएको छ ।