
सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालीका– १६ का ६० बर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

भेन्टीलेटरमा उपचाररत उनको आज बिहान ६ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै मंगलबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११६ जनाको नमुना परिक्षण गदौ १५ जनामा कोरोना संक्रमण देखिएको हो । हाल अस्पतालमा १७ जना कोरोना संक्रमितको उपचार भईरहेको अस्पतालले जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/09/19, 11:15
2020/07/13, 10:05
2020/11/28, 7:17
2023/01/15, 11:10