
कैलालीका चोरी मुद्दामा फरार व्यक्ति पक्राउ परेका छन्। प्रहरीकाअनुसार जिल्लाको गोदावरी नगरपालिका -५ का २३ वर्षीय जीवन चौधरी पक्राउ परेका हुन्।

उनलाई २०७६ भाद्र महिनाको १८ गते कैलाली जिल्ला अदालतले २ वर्ष ११ महिना ९ दिन कैद र ३० हजार रुपैयाँ जरिवाना सुनाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। करिब दुई वर्षदेखि फरार रहेका चौधरीलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/09/19, 11:15
2020/07/13, 10:05
2020/11/28, 7:17
2023/01/15, 11:10