सेती प्रयोगशालामा १३ जनामा कोरोना पुष्टि
2021/09/08, 4:15
 
Co

सेती प्रादेशिक अस्पतालमा  बुधबार १३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६९ नमूनाको कोरोना परिक्षण गरिएकोमा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ३ जना अस्पतालमा भर्ना भएका छन् । यस्तै अस्पतालबाट ३ जना डिस्चार्ज भएका छन् ।  हाल सेतीमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

जसमध्ये ७ जनाको आइसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जनाकारी दिए ।