
धनगढीस्थित कैलाली बहुमुखी याम्पसमा फेरी तालाबन्दी गरिएको छ। बीएएलएलबीका विद्यार्थीले गरेको तालाबन्दीको घटना सेलाउन नपाउदै फेरि आज तालाबन्दी गरिएको हो। बीबएस चौथो वर्षमा अधयनरत विद्यार्थीहरुले क्याम्पसमा तालाबन्दी गरेका हुन्।

उनीहरुले क्याम्पस प्रमुख, प्रशासन लगायत परीक्षा फाँटमा ताला लगाएको बताएका छन्। आफूहरुले चारबुदे माग राख्दै ज्ञापन पत्र बुझाएकोमा मागहरु सम्बोधन नभएको भन्दै तालाबन्दी गरिएको उनीहरुले जनाएका छन्।
विद्यार्थीलेहरुले तालाबन्दी गरेपछि क्याम्पस क्षेत्रमा तनाव उत्पन्न भएको छ भने क्याम्पसका कामहरु प्रभावित बनेका छन्। क्याम्पस प्रशासनले मागहरु सम्बोधन नगरे जस्तोसुकै कदम पनि उठाउन बाध्य हुने उनीहरुको चेतावनी छ। विद्यार्थीले क्याम्पसमा तनावग्रस्त गरेपछि अहिले प्रहरी समेत परिचालन गरिएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/09/19, 11:15
2020/07/13, 10:05
2020/11/28, 7:17
2023/01/15, 11:10