को होला नेकपा एमाले सुदूरपश्चिमको ईञ्चार्ज ?
2021/09/08, 6:58
 
Daeth

नेकपा एमालेका नेता पठान सिंह बोहराले एमालेको सुदूरपश्चिम ईञ्चार्ज लेखराज भट्ट नै कायम रहेको बताएका छन् । माधव नेपालको साथ छोडेर नेकपा एमालेमा फर्किएका भीम रावल र लेखराज भट्ट मध्ये एमालेको सुदूरपश्चिम ईञ्चार्ज को हुने भन्ने अन्यौल रहेकै बेला बोहराको यस्तो प्रतिक्रिया आएको हो।

बोहरा नेकपा एमालेका ओली पक्षीय नेता हुन् । डडेल्धुराबाट निर्बाचित बोहरा सुदूर पश्चिम प्रदेश सरकारमा भौतिक पूर्बाधार मन्त्री थिए । ओली पक्षीय नेता भएकै कारण उनीलाई बर्खास्त गरिएको थियो ।

पश्चिम टुडेसंगको कुराकानीमा बोहराले अहिलेसम्म एमालेको सुदूरपश्चिम ईञ्चार्ज भट्ट नै रहेको बताए ।भट्ट निकट स्रोतले पनि सुदूरपश्चिम ईञ्चार्ज भट्टलाई नै अध्यक्ष ओलीले कायम राखेको र रावल एमालेको उपाध्यक्षको भूमिकामा रहने बतायो ।

नेकपा बन्नु अघि पनि रावल संयोजकको भूमिकामा थिए । ईञ्चार्ज थिएनन । योबीचमा नेकपा बिभाजन भयो । नेकपा एमाले बिभाजन भयो । तर ईञ्चार्ज भट्ट नै रहनु भयो, स्रोतले भन्यो, अब पनि सुदूरपश्चिम ईञ्चार्ज भट्ट नै हो ।