सुदूरपश्चिम प्रदेश सरकारमा नेकपाका तर्फबाट भौतिक पूर्बाधार मन्त्री रहेका पठान सिंह बोहरालाई नेकपा संसदीय दलले २०७७ पुष १४ गते हठात मन्त्री पदबाट बर्खास्त ग¥यो । उनलाई न स्पटिकरणको मौका दिईयो । न त मन्त्रीबाट बर्खास्त गर्नुको कारण भनियो । बोहराले नेकपाको सुदूरपश्चिम प्रदेश कमिटिको बैठकमा आफूलाई मन्त्रीबाट पदमुक्त गर्नुको कारण पटक पटक सोधे ।
बैठकमा भीम रावल समेत उपस्थित थिए । बोहराको प्रश्नको जवाफ भने मुख्यमन्त्री भट्ट र संसदीय दलका उप नेता शाहले दिएनन । उनलाई शाहको सिफारिसमा मुख्यमन्त्री भट्टले बर्खास्त गरेका थिए । बोहराले आफ्ना लागि कारबाहीको त्यो क्षण जिन्दगीकै सबैभन्दा पीडादायी भएको बताउने गरेका छन् । त्यसको केही महिनापछि सर्बोच्च अदालतको आदेशमा नेकपा बिभाजन भयो ।
माओवादी केन्द्र र एमाले पुनः पुर्ववत अवस्थामा पुगे । एमाले संसदीय दलका नेता शाह भए । माओवादी केन्द्रको संसदीय दलको नेता भट्ट भए । नेकपा एमाले व्यँतिएपनि प्रदेश सभामा एमाले संसदीय दलको बिधान बनिसकेको थिएन । प्रदेश सभामा रहेका एमालेका २५ जना सांसदमध्ये नेपाल पक्षमा १७ र ओली पक्षमा ७ जना सांसद थिए । सभामुख तटस्थ भूमिकामा थिए । केन्द्रमा ओली र माधव नेपाल पक्षबीचको बिबाद उत्कर्षमा थियो ।
नेपाल पक्षधर शाहले ओली पक्षधर सांसदहरुलाई भटाभट कारबाही गर्न थाले । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्षमा रहेका बोहरासंगै र प्रदेश सभा सदस्य गेल्बु बोहरा, नेपालु चौधरी, रतन थापा, लिलाधर भट्ट, माया बोहरा तामाङलाई समेत संसदीय दलको बैठकमा सहभागी नभएको आरोपमा निलम्बन गरे । बोहराले नेकपाको सुदूरपश्चिम प्रदेश कमिटिको बैठकमा आफूलाई मन्त्रीबाट पदमुक्त गर्नुको कारण पटक पटक सोधे ।
बैठकमा भीम रावल समेत उपस्थित थिए । बोहराको प्रश्नको जवाफ भने मुख्यमन्त्री भट्ट र संसदीय दलका नेता शाहले दिएनन । बोहराले आफ्ना लागि कारबाहीको त्यो क्षण जिन्दगीकै सबैभन्दा पीडादायी भएको बताउने गरेका छन् । शाहलाई नेता भीम रावलको बलियो साथ थियो । शाहले रावलकै आडमा आफूले भने अनुसार नचल्ने एमाले सांसदहरुलाई एकपछि अर्को कारबाही गरे ।
त्यसको शिकार ओली पक्षधर सांसद मात्र भएनन । नेपाल पक्षधर सांसद पनि शिकार भए । शाहले नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङलाई प्रमुख सचेतकबाट हटाए । र लाल बहादुर खड्कालाई नियुक्त गरे । खड्का सामाजिक विकास मन्त्री भएपछि त्यो ठाँउमा दुर्गा कुमारी कामी विश्वकर्मालाई ल्याए । यसरी उनले आफ्नै खेमाभित्र पनि शक्तिको दुरुपयोग गर्दै कारबाहीको डण्डा चलाए । लामालाई उनले प्रमुख सचेतकबाट मात्र हटाएनन ।
लामालाई थाहै नदिएर शाहले २०७८ जेठ १५ गते परामर्श समितिको सदस्य पदबाट समेत हटाए । त्यसको केही दिनपछि बलदेव रेग्मीलाई परामर्श समितिको सदस्य पदबाट बर्खास्त गरे । र त्यहाँ बल बहादुर सोडारीलाई ल्याए । त्यसपछि पनि शाह चुप लागेर बसेनन । शाहले ओली पक्षधर एमाले सांसद सात दिन गेल्बु बोहरा, माया बोहरा तामाङ र नेपालु चौधरीलाई सात दिनका लागि संसदीय दलबाट निलम्बन गरे । लिलाधर भट््ट र बलदेव रेग्मीलाई १० दिनका लागि निलम्बन गरे ।
पठान सिंह बोहरा र रतन रेग्मीसंग सबैभन्दा क्रुद्ध शाहले उनीहरु दुई जनालाई भने १५ दिनका लागि निलम्बन गरे । शाहले उनीहरुलाई सांसद पदबाट समेत हटाउन सिफारिस गरेका थिए । त्यसका लागि सभामुखलाई समेत उनले पत्राचार गरेका थिए । र उनीहरुलाई संसदमा समेत बोल्नबाट बञ्चित गरियो । उनीहरुलाई प्रदेश सरकारले बजेट ल्याउनु अघि नै निलम्बन गरिएको थियो ।
उनीहरु सबै बजेटको बिरोधमा थिए । शाहले उनीहरुलाई प्रदेश सभाको बैठकमा समेत सहभागी हुन रोक लगाउन खोजेका थिए । यद्दपि उनीहरु प्रदेश सभामा सहभागी भए । र सभामुखसंग विशेष समय मागेर ओली पक्षधर सांसदका तर्फबाट लिलाधर भट्टले सरकारको काम र बजेटको चर्को आलोचना गरे । काँग्रेस तटस्थ बस्यो । उनीहरुको बिरोधका बाबजुद पनि बजेट पास भयो ।
शाहले यो अबधिमा उनीहरुलाई कुनै बिधेयकका पनि पक्ष वा विपक्षमा बोल्न दिएनन । शाहले हाम्रो सांसद पद नै खान खोजेका थिए, पठान सिंह बोहरा सम्झिन्छन्, तर हामीलाई सांसद पदबाट मुक्त गर्ने उनको प्रयास सफल भएन । तपाई उल्टो काम गर्दै हुनुहुन्छ । तपाई मुख्यमन्त्रीको दावेदार हो । हामी तपाईलाई समर्थन गर्न तयार छौ । यस्तो बलमिच्याई नगर्नुहोस भनेर शाहलाई हामीले पटक पटक सम्झायौ ।
आग्रह ग¥यौ, बोहराले भने, तर उहाँले हामीलाई सबै पद र जिम्मेवारीबाट मुक्त गर्ने कोसिस जारी राख्नु भयो । नेकपा एमाले बिभाजनपछि भने शाह माधव नेपाल नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीमा गएनन् ।
उनले मुल पार्टी रोज्दै हिजो (मंगलवार) २२ जेठमा आर्थिक मामिला तथा योजना मन्त्री पदबाट समेत राजिनामा दिए । माधव नेपालको पक्षमा रहदा ओली पक्षधर प्रति अत्यन्तै असहिष्णु र अपमानजनक व्यवहार गरेका शाह यतिबेला भने तिनै सांसदको कित्तामा उभिएका छन्, जो शाहबाट हिजो प्रताडित भए । जसलाई शाहले मन्त्रीदेखि सबै पद र जिम्मेवारीबाट बर्खास्त गरे । शाहका समर्थक जति समाजवादी पार्टीमा लागे । उनले भीम रावलको साथ छोडेनन् । उनी रावललाई साथ दिदै एमालेमा फर्के । तर एमालेमा फर्किदा उनीसंग भने उनका समर्थक साथमा छैनन् । शाह एमालेमा फर्किदा पनि एमालेका अधिकांश सांसदसंग उनको सम्बाद र बोलचाल नै छैन ।
शाहको आफ्नै जिल्ला बाजुराका सांसद बलदेव रेग्मीसंग बोलचाल नै छैन । आफूलाई निलम्बन गरेको निर्णयमा आपत्ती जनाउदै रेग्मीले शाहलाई तानाशाही नबन्न चेतावनी दिदै नेकपा संसदीय दलको बैठकमा भनेका थिए, यो निर्णय सच्याउनु भएन भने तपाईको संसदीय दलको नेताका रुपमा यो अन्तिम बैठक हुने हेक्का राख्नुहोस । शाह आन्तरिक मामिला मन्त्री र आर्थिक मामिला मन्त्री रहदासम्म रेग्मीले मन्त्रालय टेकेनन । न त उनले कुनै योजना नै मागे ।
अन्ततः आफैले कारबाही गरेका बोहरा र रेग्मीहरुको खेमामा पुग्दा शाहको संसदीय दलको नेताको पद मात्र बाँकी छ । अव उनको त्यो पद पनि रहने वा नरहने बोहरा र रेग्मीहरुको हातमा छ । किनकी पठानसिंह बोहराको साथमा पहिले देखि नै सात जना सांसद थिए । सातै जनालाई शाहले कारबाही गरेका थिए । जसमध्ये माया बोहरा तामाङले अन्तिम समयमा समाजवादी पार्टी रोजिन । शाह भने तीन जना सांसद सहित एमालेमै फर्किएका छन् । यो अबधिमा माधव नेपाल खेमाबाट एमालेमा फर्किएका कृष्णराज सुवेदी पनि रावल र शाहका पक्षमा छैनन ।
मन्त्रीबाट हटाएका कारण सुवेदी दुबै जनासंग असन्तुष्ट छन् । उनी रावलका कारण भन्दा पनि नेता लेखराज भट्टसंगको संवाद र सहमतीपछि एमालेमा फर्किएको स्रोतको दावी छ । सुवेदीलाई रावल र शाहले दीपक सिंहलाई सुदूर पश्चिम खेलकुदको सदस्य सचिव नियुक्त गर्न बाध्य पारिएको थियो । सुवेदी भने युवराज कुवँरलाई सदस्य सचिव बनाउन चाहन्थे । एकातिर उनलाई सिंहलाई सदस्य सचिव बनाउन बाध्य पारियो । अर्कोतिर मन्त्रीबाट पनि उनलाई हटाईयो ।
त्यसकारण पनि उनी रावल र शाहको विपक्षमा छन् । १० जना सांसदमा सिमित रहेको एमालेमा शाहको पक्षमा तीन र विपक्षमा सात जना छन् । ओली पक्षधरहरुले पठान सिंह बोहरालाई आफ्नो संसदीय दलको नेता मान्छन् । यदि बोहरा पक्षधरहरुले संसदीय दलको नेता फेरवदल गर्न चाहे वा त्यसका लागि निर्बाचनमा गए शाहको संसदीय दलको नेताको पद समेत रहने छैन । तर पठान सिंह बोहरा भने आफूहरुमा शाहको बिगतको व्यवहारलाई लिएर प्रतिशोध नभएको बताउछन् । हिजो शाहद्धारा गरिएका ती अपरिपक्व र असंगत व्यवहार गलत थिए । उनी भन्छन्, उनी एमालेमै फर्किएकोमा हामी सबै कुरा बिर्सिएर उहाँलाई स्वागत गर्छौ ।