धनगढीमा नेकपा (एस)को प्रथम बैठक
2021/09/10, 2:00
 
11

धनगढीमा माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को प्रथम बैठक सुरु भएको छ। दल दर्तापछि पार्टी र पार्टीका कार्यदिशाबारे छलफलका लागि बैठक गरिएको बताईएको छ।  

आजको बैठकले जिल्ला कमिटीहरुको टुंगो लगाउने र पार्टी संगठनलाई कसरी अगाडी बढाउने भन्ने बारे छलफल तथा निर्णय गर्ने बैठकमा सहभागी एक नेताले  बताए। एमाले विभाजनपछि बनेको नेकपा (एस)ले अहिले सुदूरपश्चिममा ईन्चार्ज मात्र तोकेको छ। प्रदेश अध्यक्ष लगायत जिल्लाका कमिटीहरुले पनि पुर्णता नपाएकोले यो बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ। बैठकमा सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारी पनि उपस्थित छन्।