एमाले कैलालीको समानान्तर कमिटी एकीकृत समाजवादीमा 
2021/09/10, 5:14
 
dd

एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समूहले कैलालीमा गठन गरेको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी) पार्टीमा परिणत भएको छ। एमालेबाट निर्वाचित कैलाली जिल्ला अध्यक्ष दीर्घ सोडारी नेतृत्वको समानन्तर कमिटी नेकपा (एकीकृत समाजवादी)मा परिणत भएको हो। 

शुक्रबार धनगढीमा बसेको समानान्तर कमिटीको बैठकले एमाले छोडेर माधव नेपाल पक्षिय नेकपा (एस) मा परिणत गर्ने निर्णय गरेको कमिटीका सचिव विमल जोशीले बताए। एमालेका निर्वाचित अध्यक्ष सोडारी अध्यक्ष रहेको १५१ सदस्यीय समानान्तर कमिटी नेकपा (एस) मा गएको हो। 

यस्तै शुक्रबार नै नेकपा (एस) को प्रथम बैठक बसेको छ। केन्द्रीय सदस्य माया भट्टको प्रमुख आथित्यतामा भएको बैठकमा नेता दिनेशचन्द्र सुवेदी, हनुमान चौधरी, तत्कालिन एमालेका प्रदेश कमिटी सदस्य लक्ष्मण कुँवर, कलावती जोशी, हिक्मत कुँवर लगायतको उपस्थिती छ। 

बैठकमा अध्यक्ष सोडारीले आफूहरुकै पहलमा पहिलो पटक कैलालीमा स्थानीय तह, संघ र प्रदेशमा पहिलो पार्टी भएको इतिहास रहेको बताउदै अझै बलियो पार्टी बनाउन सक्ने दाबी गरे।