
सुदूरपश्चिम प्रदेशमा आज १३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

प्रदेशभर एन्टिजेन र पीसीआर बिधिबाट ७ सय ३८ जनाको नमुना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो।
बैतडी अस्पतालमा १२ जनाको नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको र महाकाली अस्पतालमा ६, बझाङ्ग अस्पतालमा ३ जनाको नमुना परीक्षण गरिएकोमा कसैमा पनि संक्रमण पुष्टि नभएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ।

यस्तै प्रदेशभर एन्टिजेन बिधिबाट ७ यस १७ जनाको नमुना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। आज प्रदेशभर १६ जनाले कोरोना जितेर घर फर्किएका छन्।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/09/19, 11:15
2020/07/13, 10:05
2020/11/28, 7:17
2023/01/15, 11:10