
डडेल्धुराको नवदुर्गाका गाउँपालिकाका २३ जनामा शनिबार मात्रै कोरोना भाइरसको संक्रमण देखिएको छ । धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा पुष्टि भएका ६४ संक्रमित मध्ये डडेल्धुराका २४ जना रहेको खुलेको छ।

तीमध्ये अमरगढी नगरपालिकाका एक जना र नवदुर्गाका गाउँपालिकाका २३ जना रहेको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। योसँगै डडेल्धुरामा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ।
