सेती प्रादेशिक अस्पताल अस्पतालको प्रयोगशालामा शनिबार १४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११४ जनाको नमूनाको कोरोना परिक्षण गरिएकोमा १५ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा १ जना अस्पतालमा भर्ना भएका छन् । यस्तै अस्पतालबाट १ जना डिस्चार्ज भएका छन् ।
हाल सेतीमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ८ जनाको आइसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जनाकारी दिए ।
2024/11/29, 6:23
2024/11/29, 5:07
2024/11/29, 5:04
2024/11/29, 4:55
2024/11/29, 5:07
2024/11/29, 5:04
2024/11/29, 4:55
2020/08/02, 11:23
2020/12/29, 7:50
2021/08/09, 8:36
2022/05/18, 5:05
2023/07/11, 3:19