
डडेल्धुरामा क्वारेन्टिनमा बसेकाहरुको कोरोना रिपोर्ट नआई घर पठाएको भन्दै वडा कार्यालय घेराउ गरिएको छ । क्वारेन्टिनमा बसेकाहरुको आरटिडी रिपोर्ट पोजेटिभ आएकोमा उनीहरुको पिसीआर रिपार्ट नआई घर पठाएको भन्दै जिल्लाको नवदुर्गा गाउँपालिका–१ कोटेलीको वडा कार्यालय घेराउ गरिएको छ ।

स्थानीयले टायर बालेर स्थानीय सरकारको विरोध गरेको स्थानीय युवा श्याम ओलीले बताए । ५६ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएकोमा पिसीआर परीक्षणका लागि धनगढी प्रयोगशालामा पठाईएकोमा उनीहरुको रिपोर्ट नआइकनै घर पठाइएको छ । स्थानीय सरकारले झन जोखिम बढाउने कार्य गरेको भन्दै प्रदर्शन गरेको प्रदर्शनमा सहभागी युवा टंक अवस्थीले जानकारी दिए ।
शनिबार मात्रै नवदुर्गा गाउँपालिकाका २३ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा डडेल्धुराको नवदुर्गाका २३ र अमरगढीका एक जना गरी २४ जनामा कोरोना पुष्टि भएको छ ।
