
सुदूरपश्चिम प्रदेशमा आज थप २० जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ९६ जनाको नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आज सङ्क्रमितमध्ये १८ जनामा पीसीआर र दुई जनामा एन्टिजेन विधिमार्फत गरिएको थियो । पीसीआर विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा १४ र डडेल्धुरा अस्पतालमा गरिएको चार जनामा सङ्क्रमण पुष्टि भएको हो ।
एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुर र कैलालीका एकरएक जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । प्रदेशभर १४ जना सङ्क्रमण मुक्त भएका छन् । यसअघि शुक्रबार सुदूरपश्चिमका १३ जनामा सङ्क्रमण पुष्टि हुँदा १६ जना सङ्क्रमणमुक्त भएका थिए ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/12, 10:07
2021/01/14, 4:20
2022/07/08, 4:44
2023/11/18, 2:39