राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कञ्चनपुरको अध्यक्षमा गजेन्द्र बहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । आइतबार जिल्ला अधिवेशनबाट राप्रपा कञ्चनपुरका युवा नेता चन्द अध्यक्षमा सहमतीय आधारमा सर्वसम्मत चयन भएका हुन् ।
त्यसै गरी सदस्य तर्फ वीरेन्द्र बहादुर चन्द, महेश्वरी सिंह, दिल बहादुर नाथ, रमेश भट्ट, दीपक नाथ, राजेन्द्र प्रसाद भट्ट, लोक बहादुर कुँवर, कैलाश भट्ट, कल्लु राना, दिनेश बिष्ट, हेमबाबु लेखक, धिरेन्द्र बहादुर चन्द, सुरेश चटौत, सुकमान सुनार चयन भएका छन् ।
यस्तै सदस्य तर्फ नै बल बहादुर तामाङ, केशव राज जोशी, प्रकाश थापा, गङ्गा कठायत, महेश भाट, मोहनजंग रोकाया, दिलीप बलायर, खडक बहादुर बिष्ट, नन्दादेवी जोशी, धुव्रराज भट्ट, अम्बादत्त पन्त, गोर्बधन खड्का, नन्दादेवी खत्री र रमेश गौतम चयन भएका हुन् ।
राप्रपा कञ्चनपुरको अध्यक्षमा चयन भएका नव निर्वाचित अध्यक्ष गजेन्द्र बहादुर चन्दले जिल्लामा राप्रपालाई एकीकृत रूपमा अघि बढाउँदै गतिशील बनाउने योजना रहेको बताए ।