कञ्चनपुरमा जब विंगरमा छुटेको गरगहना लिएर चालकले सम्वन्धीत महिलालाई बुझाए
2021/09/13, 11:47
 
aa

महेन्द्रनगरमा एक सवारी चालकले विंगरमा छुटेका गरगहना सम्वन्धीत महिलालाई बुझाएका छन्।

धनगढीबाट महेन्द्रनगर आउने क्रममा कञ्चनपुरको भीमदत्तस्थित बसपार्कमा रहेको विंगरमा भीमदत्त नगरपालिका-१८ बागफाटा बस्ने २३ बर्षकी तारा विकको बहुमुल्य सुनका गरगहनासहित झोला छुटेको गाडीका चालक दान बहादुर ऐरे कञ्चनपुर प्रहरीलाई बुझाएका थिए।

प्रहरीले कार्यालयमा चालक दानबहादुर ऐरलाई बोलाएर गरगहना सम्वन्धीत व्यक्तिलाई हस्तान्तरण गरेका छन्। विंगरमा छुटेको झोलामा छडके तिलहरी थान १, सुनका बाला थान २, चन्द्रमा थान, औठी थान २ र नगद एक हजार रुपैयाँ रहेका थिए।