नेकपा एकीकृत समाजवादी पार्टीले सुुदूूरपश्चिम प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको छ । नेकपा एमाले विभाजन भएपछि पहिलो पटक सोमबार धनगढीमा बसेको संसदीय दलको बैठकले माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको हो ।
प्रदेशसभा सदस्य दुुर्गा बिकले ज्येष्ठ सदस्य बलबहादुर सोडारीको अध्यक्षतामा बसेको पहिलो बैठकले प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको जानकारी दिइन् । बिकले संसदीय दलको विधान बनाउनका लागि ३ सदस्यीय समिति समेत गठन गरिएको बताइन् भने एकीकृत समाजवादीलाई प्रदेशसभाको सबैभन्दा ठूूलो दल बनाउन भूूमिका खेल्ने सबैलाई धन्यवाद दिदै प्रस्ताव पास समेत गरेको छ । संसदीय दलको नेता चयनका सम्बन्धमा बैठकमा समान्य छलफल भएपनि टुुङ्गोमा पुुग्न नसकेको बताइएको छ ।
संसदीय दलको विधानलाई पूर्णता दिएपछि मात्र दलको नेता, प्रमुख सचेतक, सचेतक र संसदीय दलका पदाधिकारी चयन गर्ने समझदारी भएको बिक बताउँछिन् । तर संसदीय दलको नेताका लागि भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुुर सोडारी, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, तत्कालीन नेकपा एमालेका प्रमुख सचेतक तारालामा तामाङ लगायतका आकांक्षी छन् ।
सोमबारको बैठकमा दलको नेता चयन गर्ने विषयमा छलफल भएपनि आकांक्षीबीच सहमती नहुुँदा प्रक्रिया अघि नबढेको स्रोतको दाबी छ । दलको नेताको बिषय सहमति जुटन नसक्दा आन्तरिक कचिलो बढेको छ । एकीकृत समाजवादीले मंगलबार दिउँसो ३ बजे बस्नेगरि संसदीय दलको बैठक बोलाएको छ ।