दार्चुलामा ५ वर्ष मुनिका बालबालिकामा पहिलो पटक देखियो कोरोना
2021/09/14, 7:09
 
V

जिल्ला अस्पताल दार्चुलामा सोमबार परिक्षण गरिएका दुई जना बालिकामा कोरोना संक्रमण भेट्टीएको छ । अत्याधिक ज्वरो र रुघाखोकीका लक्षण सहित उपचारका लागी आएका उनिहरुमा कोरोना परिक्षण गर्दा संक्रमण भेट्टीएको जिल्ला अस्पताल दार्चुलाका प्रमुख डाक्टर आदर्श लिम्बुले बताए ।

उनका अनुसार जिल्लाका २ वर्षिय र ४ वर्षिय बालिकामा पहिलो पटक कोरोना संक्रमण देखीएको छ । बालिकामा भेट्टीएको संक्रमण कोरोनाको तेस्रो भेरियन्टको हो वा होइन भन्ने बारे पिसिआर गरेपछि मात्रै पत्ता लाग्ने छ । दार्चुलामा अहिले एन्टिजेन मात्रै छ । सोमबार ८ जनामा गरिएको एन्टिजेन परिक्षणमा २ बालिका सहित ६ जनामा कोरोनाको संक्रमण भेट्टीएको हो । 

कोरोना संक्रमण भेट्टीएका दुवै जना बालिकालाई अहिले होम आइसोलेसनमा राखेर उपचार भइरहेको जनाइएको छ । उनिहरुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको तथा अक्सीजनको आवश्यकता नपरेको लिम्बूले बताए ।