
बैतडीमा पुल भत्किँदा २ बालक घाइते भएका छन्। पाटन नगरपालिका–८ मा खोला तर्दै पुल भत्किँएपछि २ बालक घाइते भएका हुन्।

घाइते हुनेमा महेश्वर आधारभुत विद्यालयको कक्षा ८ मा अध्ययनरत १३ वर्षीय असोक पन्त र कक्षा ५ मा अध्ययनरत ११ वर्षीय दिनेश ऐर रहेका छन्।
कुक्कौ खोलामा हालेको पुल भत्किँएपछि उनीहरु घाइते भएका विद्यालयका प्रधानाध्यापक जय सिंह भाटले जानकारी दिए। घाइते दिनेशको हातमा चोट लागेको र अशोकको टाउकोमा चोट लागेको प्रधानाध्यापक भाटले बताए।

उनीहरुको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/25, 8:47
2020/09/23, 8:44
2023/06/06, 10:02