सेती प्रयोगशालामा ३१  जनामा कोरोना पुष्टि
2021/09/15, 2:00
 
11

सेती प्रादेशिक अस्पताल अस्पतालको प्रयोगशालामा  बुधबार ३१ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा  ८५ जनाको नमूनाको कोरोना परिक्षण गरिएकोमा ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल सेतीमा १५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ८ जनाको आइसियु र ५ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।