गेटा मेडिकल कलेजलाई छिट्टै सञ्चालनमा ल्याउछौ: पूर्वमन्त्री भट्ट
2021/09/15, 2:07
 
dd

नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज तथा पूर्व मन्त्री लेखराज भट्टले गेटा मेडिकल कलेजलाई छिट्टै सञ्चालन गर्ने बताएका छन् । गेटा मेडिकल कलेजका विषयमा आयोजित छलफलमा उनले मेडिकल कलेजलाई जसरी पनि सञ्चालनमा ल्याउनुपर्ने बताएका हुन् । गेटा मेडिकल कलेज स्वास्थ्य विज्ञान प्रतिष्ठान, कलेज अथवा विश्व विद्यालय जे बने पनि तर सञ्चालनमा आउनुपर्ने उनको भनाई थियो । 

गेटा मेडिकल कलेजले सुदूरपश्चिमको विकासमा टेवा पुग्ने पूर्व मन्त्री भट्टको भनाइ छ । सञ्चालनका लागि केही काम भइसकेको र केही हुन बाँकी रहेको उनले बताए ।  यस्तै पूर्व मन्त्री भट्टले  सुख्खा बन्दरगाह बन्न नदिने खेल सुरु भएको दाबी गरेका छन् । “केही राजनीतिक व्यक्तिहरूले सुख्खा बन्दरगाह बन्न नदिन केन्द्रमा बाधा फु¥याउदै छन्,” उनले भने, “विकासका नाममा राजनीति गर्नु ठिक होइन ।”

प्रदेशकै मात्र नभई देशकै मुहार फेर्ने गरी बन्न लागेको यो आयोजनामा कोही कसैबाट विरोध हुन नहुने उनले बताए ।  कुनै पनि विकास गर्दा पार्टी नभेर काम गर्नु पर्ने बताए । भारतसँग व्यापार गर्नका लागि मुलुककै सबैभन्दा महत्त्वपूर्ण नाका दोधाराचादनी नै बन्नेछ । यहाँबाट सामान ल्याउन लागतमा पनि कमी आउँछ । पूर्व मन्त्री भट्टलेसुख्खा बन्दरगाह बनेमा प्रदेशको आर्थिक तथा सामाजिक विकास हुने विश्वास व्यक्त गरे ।

उनले विकासको लागि सबै भन्दा महत्त्वपूर्ण कुरा हामी एक ठाउँमा उभिनु नै भएको बताए । हामी जुन सुकै दलका भए पनि सबै भन्दा पहिले सुदूरपश्चिमको विकासका लागि सोच्ने उनले बताए । बन्दरगाह बनेमा यहाँका मानिसहरूको आयस्ता वृद्धि हुनका साथै रोजगारीको पनि सृजना हुने उनको भनाइ छ  । उनले पश्चिमा मुलुकहरूसँग व्यापार व्यवसाय विस्तारका लागि सुख्खा बन्दरगाहले ठूलो योगदान पुराउने बताए ।