
एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि बन्द रहेको पूर्वपश्चिम राजमार्ग सुचारु भएको छ ।

अत्तरियाबाट महेन्द्रनगर जाँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले बुधबार कृष्णपुर नगरपालिका ५ ठक्कर दिँदा साइकल यात्री सोही ठाउका ४५ बर्षीय कृष्ण बहादुर ऐरको मृत्यु भएपछि स्थानीयले बिहान छ बजे देखिराजमार्ग अवरुद्ध पारेका थिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी सिद्धराज न्यौपानेले मृतकका आफन्त र रेडक्रसकर्मीबीच छलफल जारी रहेको बताउदै राजमार्ग सुचारु भएको जानकारी दिए ।

एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाको रहेको प्रहरीले जानकारी दिएको छ ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/12, 10:07
2021/01/14, 4:20
2022/07/08, 4:44
2023/11/18, 2:39