सेतीमा कोरोनाले मृत्यु भएकी महिला सँगै डायलासिस गराएका पुरुषमा पनि कोरोना पुष्टि
2020/06/14, 9:17
 
korona

सेतीमा कोरोनाले मृत्यु भएकी महिला सँगै डायलासिस गराएका पुरुषमा पनि कोरोना पुष्टि भएको छ । शनिवार कैलालीका ११ जनामा कोरोना पुष्टि भएकोमा एक जना पुरुष कोरोनाले मृत्यु भएकी महिला सँगै डायलासिस गराएका पुरुषमा पनि कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । 

धनगढी उप–महानगरपालिका वडा नम्वर ४ महिमा टोलकी ५५ बर्षीय महिलाको डाईलासिस गराउने क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । उनको मृत्युपछि स्वाव परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनीसंगै किड्नीको डायलासिस गराएका धनगढी उपमहानगरपालिका ३ का ४३ बर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

नियमित सेती अस्पतालमा डायलासिस गराई रहेका ती पुरुषमा शनिवार कोरोना पुष्टि भएको अस्प्तालले जनाएको छ । घरमै रहेका उनलाई अत्याधिक ज्वरो आएर कोरोनाको जस्तो लक्षण देखिएपछि वडा कार्यालयको पहलमा स्वाव परिक्षण गराएको वडाध्यक्ष बलबहादुर ऐरले जानकारी दिए ।

धनगढी चटकपुरमा रहेको घरमै बसेका उनलाई कोरोना देखिएपछि वडा  कार्यालय नजिकै रहेका ती पुरुष भएको टोल सील गर्ने तयारी हुदैछ । मृत्यु पछि कोरोना पुष्टि भएकी महिमा टोलकी ती महिलाका परिवारका सदस्य सहित छिमेकीको रिपोर्ट भने नेगेटिभ आएको थियो ।