धनगढी स्थित नवजीवन अस्पतालमा उपचार गराईरहेका एक पुरुषमा कोरोना पुष्टि भएको छ । गोदावरी नगरपालिका वडा नम्बर ७ का ४३ बर्षीय पुरुषमा शनिवार राति ११ बजे कोरोना पुष्टि भएको हो । उनी वसका चालक रहेको खुलेको छ । उनी सार्वजनिक यातायातका सदस्य रहेको बुझिएको छ ।
उनी आफैं मालिक र व्यवसायी रहेका थिए । कञ्चनपुर सिमाना काबाट नेपाल आएकाहरुलाई क्वारेन्टिनसम्म ओसार्ने काममा सक्रिय रहेको बुझिएको निर्देशक डाक्टर विदुरमणी ढकालले बताए । उनी दुई दिनदेखि नवजीवन अस्पतालको आईसियुमा उपचार गराईरहेका थिए ।
ईमरजेन्सी केस भएका कारण शनिवार राति धनगढी स्थित प्रयोगशालामा जाँच गर्दा उनीमा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमितको सम्पर्कमा आएका नवजीवन अस्पतालको आईसियुमा रहेकाहरुलाई आईसोलेसनमा राखिएको अस्पतालका निर्देशक डाक्टर बिदुरमणी ढकाले बताए ।
उनले संक्रमण पुष्टि भएका पुरुषलाई राती नै सेती प्रादेशिक अस्पतालको आईसियुमा सारिएको बताए ।