बस चालकमा कोरोना पुष्टिः नवजीवन अस्पतालको आईसियु सिल, माया मेट्रोका ३ जना स्वास्थ्यकर्मी आईसोलेसनमा 
2020/06/14, 11:41
 
korona

धनगढीको नवजीवन अस्पतालमा उपचार गराईरहेका एक पुरुषमा कोरोना पुष्टि भएपछि  अस्पताल आईसियु सिल गरिएको छ । गोदावरी नगरपालिका वडा नम्बर ४ का ४३ बर्षीय पुरुषमा शनिवार राति ११ बजे कोरोना पुष्टि भएपछि आईसियु सिल गरिएको हो ।

आईसियुमा कार्यरत सवै जना स्वास्थ्यकर्मी आईसुलोसनमा वसेका छन् । कोरोना संक्रमित पुष्टि भएका युवक केही दिनदेखि नवजीवन अस्पतालको आईसियुमा उपचार गराईरहेका थिए । ईमरजेन्सी केस भएका कारण शनिवार राति धनगढी स्थित प्रयोगशालामा जाँच गर्दा उनीमा कोरोना पुष्टि भएको हो । तर उनको वारेमा विस्तृत जानकारी अझैं आउन सकेको छैन् ।

संक्रमण पुष्टि भएपछि ती पुरुषलाई सेती प्रादेशिक अस्पतालको आईसियुमा सारिएको छ । उनमा कोरोना पुष्टि भएपछि सारिएको अस्पताल स्रोतले जनाएको छ । उनको सेतीको कोरोना अस्पतालको आईसियुमा उपचार थालिएको छ । 

यसैबीच उनी उपचारका लागि धनगढीकै माया मेट्रो हस्पिटलमा समेत गएको खुलेको छ । उनले माया मेट्रो हस्पिटलको ओपिडीमा चेकजाँच गरेका थिए । उनको सम्पर्कमा आएका ३ जना स्वास्थ्यकर्मी पनि आईसोलेसनमा गएका छन् । एक जना चिकित्सक र दुई जना नर्स सेल्फ आईसोलेसनमा गएका हुन् ।