धनगढीका गाडी चालकमा कोरोना पुष्टिः आरडिटी पोजेटिभ देखिदा मान्छे वोकेका थिए, जन्ती र मलामीमा पनि सहभागी
2020/06/14, 12:37
 
korona

सुदूरपश्चिममा थप एक जना चालकमा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएका ती चालकले आरडिटी पोजिटिभ भएपछि पनि मान्छे वोकेको खुलेको छ । उनको जेठ २७ गते आरडिटी पोजिटिभ आएकोमा २८ गते धनगढीदेखि उनले काम गर्दै आएको होटेलका सञ्चालक सहितका परिवारका सदस्यलाई लगेर मनेहरा गएको खुलेको छ ।

असार १ गते काठमाण्डौं जानका लागि उनले पिसिआर टेष्ट गर्दा पोजिटिभ देखिएपछि उनका वारेमा खोजिनिति भईरहेको छ । लकडाउनको समयमा उनी राहत वाड्नेदेखि विवाह र मलामीमा समेत सहभागी भएको पाईएको छ । ती संक्रमित पुरुषले लकडाउनको अवधिमा उनी राहत वितरणको कार्यक्रमसँगै विहेको गाडीमा जन्ती समेत वोकेको र मलामीमा समेत गएको ती होटेल सञ्चालकले जानकारी दिएका छन् । 

कोरोना पुष्टि भएका चालक होटेल सञ्चालकका आफन्तको विहेमा धनगढीदेखि अत्तरियासम्म जन्ती वोकेर गएका थिए । त्यसैगरी एक जना शिक्षककी श्रीमतिको दाहसंस्कारमा पनि धनगढीदेखि गोदावरी आर्यघाटसम्म गएका थिए ।

त्यसैगरी होटेल व्यवसायी संघले सीमा नाका त्रिनगरमा भारतबाट आएकाहरुलाई खाजा नास्ता खुवाउने कार्यक्रममा पनि सँगै रहेका थिए । तर राहत वाड्न गएको दिन उनी गाडीबाट ननिस्किएको ती होटेल सञ्चालकले बताए । 

उनमा कोरोनाको लक्षण नदेखिएकाले घरकै आईसोलेसनमा राखिएको वडा नम्वर १ का वडा सदस्य धर्मराज उपाध्यायले बताए । यसअघि सुदूरपश्चिममा एक जना बस चालक र एक जना एम्बुलेन्स चालकमा कोरोना पुष्टि भईसकेको छ ।